लता मंगेशकरको स्थिती नाजुकः फोक्सोमा संक्रमणपछि आइसीयूमा भर्ना
भारतकी चर्चित गायिका ९० वर्षीया लता मंगेशकरको स्वास्थ्य दोस्रो दिन पछि नाजुक रहेको भारतीय संचारमाध्यमले जानकारी दिएका छ । उनी आइसीयूमा भर्ना छिन् ।
सोमबार दिउँसो सास फेर्न समस्या भएपछि उनलाई मुम्बइृको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । लताकी भतिजी रचनाले एक भारतीय संचार माध्यमको कुराकानीमा उनको स्थिती चिन्ताजनक भएको बताइन् । उनीमाथि औषधीले निकै ढिलो गरी काम गरिरहेको तर डाक्टरको उपचारबाट आफूहरु सन्तुष्ट भएको उनले बताएकी छिन् ।
रचनाका अनुसार उनको फोक्सोमा संक्रमण भएको छ र निमोनिया पनि भएको छ । डा. पतित समधानीले उनको उपचार गरिरहेका छन् ।
लताको पब्लिक रिलेशन टिमले उनको स्वास्थ्यबारे एक बयान जारी गरेको छ । यसमा उनको स्थिती स्थिर भइरहेको र बिस्तारै सुधार पनि भइरहेको बताइएको छ । यसमा भनिएको छ, ‘इमान्दारीपूर्वक भन्ने हो भने लताजीले रोगसँग लड्नका लागि उत्कृष्ट आँट देखाउनुभएको छ । ’ आफूहरुले लतासँग सम्बन्धित सम्पूर्ण जानकारी प्रदान गर्ने र परिवारको गोपनियताको सम्मान गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
सोमबार लता मंगेशकरकी बहिनी आशा भोसले पनि अस्पताल पुगेकी थिइन् । बलिउड सेलिब्रिटी पनि उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । लताले सेप्टेम्बरमा आफ्नो ९० औं जन्मदिन मनाएकी थिइन् । हिन्दी फिल्म जगतमा २५ हजार बढी गीत गाइसकेकी लताले नेपालीमा पनि थुप्रै गीत गाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण