धरान उपमहानगरको मेयरका लागि २२ जनाको मनोनयन
सुनसरी– मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत बुधबार स्थानीय तहतर्फ ४८ पदका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ ।
जसअन्तर्गत धरान उपमहानगरपालिकाको मेयर पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी मनोनयन गरेका छन् ।
जसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) , नेपाली काँग्रेस संघीय समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मुक्ति मोर्चा, राप्रपा, राप्रपा संयुक्त लगायतका उम्मेदवारले उम्मेदवारी मनोनयन गरेका हुन् । २२ मध्ये ११ जना स्वतन्त्रतर्फका छन् ।
धरानको मेयरका लागि काँग्रेसका तिलक राई र नेकपाका प्रकाश राईले उम्मेदवारी मनोनयन गराएका छन् । यहाँ नेकपाका प्रकाश र काँग्रेसका लागि तिलकबीच मुख्य प्रतिश्पर्धा हुने मतदाताहरु बताउछन् ।
यसअघि धरानको मेयरमा नेकपाबाट तारा सुव्वा निर्वाचित भएका थिए । उनको निधनपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूको उम्मेदवारी मनोनयनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्मको समय तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण