धरान उपमहानगरको मेयरका लागि २२ जनाको मनोनयन
सुनसरी– मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत बुधबार स्थानीय तहतर्फ ४८ पदका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ ।
जसअन्तर्गत धरान उपमहानगरपालिकाको मेयर पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी मनोनयन गरेका छन् ।
जसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) , नेपाली काँग्रेस संघीय समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मुक्ति मोर्चा, राप्रपा, राप्रपा संयुक्त लगायतका उम्मेदवारले उम्मेदवारी मनोनयन गरेका हुन् । २२ मध्ये ११ जना स्वतन्त्रतर्फका छन् ।
धरानको मेयरका लागि काँग्रेसका तिलक राई र नेकपाका प्रकाश राईले उम्मेदवारी मनोनयन गराएका छन् । यहाँ नेकपाका प्रकाश र काँग्रेसका लागि तिलकबीच मुख्य प्रतिश्पर्धा हुने मतदाताहरु बताउछन् ।
यसअघि धरानको मेयरमा नेकपाबाट तारा सुव्वा निर्वाचित भएका थिए । उनको निधनपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूको उम्मेदवारी मनोनयनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्मको समय तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन