निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प छैनः पर्यटनमन्त्री
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प नरहेको बताएका छन् ।
मन्त्री भट्टराईले त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको चापलाई व्यवस्थापन गर्न पनि प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै निर्माण गर्ने दृष्टिकोणका साथ सरकारले काम गरिरहेको पनि स्पष्ट पारे ।
संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको हवाई उडानको चापलाई ध्यानमा राखेर प्रस्तावित सो विमानस्थलको कामलाई अघि बढाउन सबै राजनीतिक दलहरुको सहमति रहेको पनि बताए ।
केही ठूला नेता र सांसदहरुले विरोध गरेपनि सो विमानस्थल बनाउनुको विकल्प नरहेको मन्त्री भट्टराईको भनाइ छ ।
मन्त्री भट्टराईले मुलुकमा एउटा मात्रै अन्तराष्ट्रिय विमानस्थल रहेकाले यसको चापलाई लिएर नकारात्मक टिप्पणी गरिरहन नमिल्नेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए । उनले मुलुकको भौगोलिक अवस्था जटिल रहेकाले विमानस्थलहरुको निर्माणको कामलाई सरकारले प्राथमिकता राख्ने गरेको पनि स्पष्ट पारे । नेपालमा हाल ३४ वटा विमानस्थल चालू अवस्थामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण