पोखरामा स्कुटर नालीमा खसेर १ जनाको मृत्यु
बुधबार, २७ कात्तिक २०७६, २२ : २५
कास्की-पोखरा महानगरपालिका वडा नं ३३ बागमारास्थित चिसापानी डाँडागाउँ सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
डाँडागाउँबाट बागमारातर्फ जाँदै गरेको ग७प ५२७६ नं को स्कुटर सडकको बायाँ किरानाको नालीमा पल्टिँदा सोही स्थानका ३५ वर्षीय पुरुषोत्तम पौडेलको च्यापिएर मृत्यु भएको प्रहरी प्रदेश कार्यालय गण्डकीले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार स्कुटरले च्यापिएको अवस्थामा भेटिएका पौडेललाई स्थानीय र प्रहरीको सहयोगमा उपचारका लागि अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण