पर्सामा गाँजासहित एक युवक पक्राउ
पर्सा– नेपालबाट भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित आज पर्साको पटेर्वा सुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व सूचनाको आधारमा प्रहरीले गाउँपालिका–२ रङ्गपुर चोकबाट १० किलो गाँजासहित सोही गाँउपालिका– ४ निवासी शिवजन्म माझीलाई नियन्त्रणमा लिइएको हो ।
रङ्गपुर चोकमा पैदल हिँडिरहेका माझीमाथि शङ्का लागि चेकजाँच गर्दा उनले बोकेको झोलाबाट १२ वटा पोकामा रहेको दश किलो गाँजा बरामद भएपछि उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।
उनले बरामद भएको गाँजा र पक्राउ परेका माझीलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखी अनुसन्धान अगाडि बढाइएको बताए । मकवानपुरबाट जिल्ला भित्र्याइएको गाँजा भारत तर्फ लैजाने क्रममा माझी पक्राउ परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली (भिडियाे)
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
-
नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सिटौला मनोनित
-
पदत्याग गर्दै भारतीय शिक्षामन्त्री प्रधानले के भने ?
-
वित्तीय शोषणविरूद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ हुँदै
-
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण