प्रहरीले किन्यो ५ वटा ‘वाटर क्यानोन’, यस्तो छ विशेषता
काठमाडौं । नेपाल प्रहरीले ५ वटा ‘वाटर क्यानोन’को खरिद गरेको छ । प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार सो ‘वाटर क्यानोन’को परीक्षण एवम् प्रदर्शनी भएको छ ।
उक्त अवसरमा ‘वाटर क्यानोन’द्वारा सेल्फ स्प्रे प्रदर्शन, ५५ मिटर दुरी तथा ३० मिटर दुरीमा पानीको फोहरा प्रदर्शन र भिडमा सहभागीको पहिचान हुन सहज होस् भन्न प्रयोग गरिने विभिन्न रङयुक्त फोहरा प्रयोग प्रदर्शन भएको थियो ।
नेपाल प्रहरीका लागि हाल ५ वटा नयाँ ‘वाटर क्यानोन’ खरिद भएका छन् । यसअघि १ वटा ‘वाटर क्यानोन’ रहेको थियो । उत्तेजित भिड तथा अग्नी नियन्त्रणमा प्रयोग हुने प्रत्येक नयाँ ‘वाटर क्यानोन’मा १८ वटा अश्रु ग्याँस सेल र ७ हजार ४ सय लिटर पानी अट्ने क्षमता रहेको छ ।
‘वाटर क्यानोन’मा ‘अपर क्यान’ र ‘लोअर क्यान’ रहेका छन् । ‘अपर क्यान’मा ५५ मिटरको दुरीसम्म र ‘लोअर क्यान’मा ३० मिटरको दुरीसम्म पानीको फोहरा फाल्न सक्ने क्षमता रहेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण