२० तस्विरमा हेर्नुहोस् वाइसीएलको दोस्रो राष्ट्रिय सम्मेलन
काठमाडौँ । माओवादी केन्द्रको यूवा भाृत संगठन वाइसीएलको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट शुरु भएको छ । सम्मेलनको आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन् ।
शनिवारसम्म चल्ने सम्मेलनाबाट नयाँ नेतृत्व पनि चयन हुनेछ । नेतृत्वका लागि रामप्रसाद सापकोटा दीपशिखा, लक्ष्मी चौलागाई र दीपक देवकोटाको दावी छ । यद्यपी नेतृत्व सहमतिबाट चयन हुने सम्भावना छ । यस अघि १० माअोवादी घटकबीच भएको एकताको भाव आउने गरी नेतृत्व बनाइने नेताहरुले बताएका छन् ।
हाल नेपबहादुर कँवरको नेतृत्वमा ३९९ सदस्यीय सम्मेलन आयोजक समिति बनाइएको छ ।
वाईसीएलको नयाँ कार्यसमितिमा अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, ११ सचिव, एक कोषाअध्यक्षसहित १५१ सदस्यीय केन्द्रीय समिति बन्नेछ ।
शान्ति प्रक्रियामा आएपछि एकाएक चर्चामा आएको वाइसीएल बेला बेला विवादमा पनि तानिएको थियो ।
अखिल नेपाल युवक संघलाई २०५० मा वाइसीएल बनाउदा त्यसको अध्यक्ष संस्थापक अध्यक्ष टोपबहादुर रायमाझी थिए । सशस्त्र क्रान्ति शुरु गरेपछि वाईसीएललाई माओवादीले जनमुक्ति सेना बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण