नेकपाको सचिवालय बैठक सरेको सर्यै
काठमाडौँ । मन्त्रिहरुको हेरफेरबारे निर्णय गर्न बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अनिश्चित भएको छ । यसअघि बैठक शुक्रबार बिहान बस्ने भनिएको थियो ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालका अनुसार शुक्रबार सचिवालय बैठक बस्ने भनिएपनि अहिलेसम्म समय तोकिएको छैन ।
‘बैठक सरेको सर्यै छ । आज पनि कतिवेला बस्ने हो निश्चित छैन । हिजो पनि बस्ने भनिएको थियो, फेरि आज बिहान बस्न सक्छ भनियो तर बस्न सकेन, के कारणले हो थाहा भएन,’ बरिष्ठ नेता खनालले रातोपापाटीसँग भने, ‘तयारी नपुगेर होला ।’
यसैबीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेलबीच अहिले बालुवाटारमा सचिवालय बैठकको समय तय गर्न छलफल भइरहेको बुझिएको छ ।
मन्त्रिमण्डल हेरफेर गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी ओलीले बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसँग छलफल गरेका थिए । दाहाल र नेपालसँगको छलफलपछि ओलीले शुक्रबार हेरफेरमा पर्ने मन्त्रीहरुका बारेमा अन्तिम निर्णय गर्ने बताएका थिए । त्यस्तै नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी समेत प्रचण्डलाई दिन नेताहरुबीच छलफल भएको थियो । बिहीबार ओली र प्रचण्डबीच भएको छलफलअनुसार शुक्रबारकै सचिवालय बैठकबाट निर्णय गरेर प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी हस्तानतरण गर्ने सहमति बनेको थियो । दुई नेताबीच एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने यसअघि नै सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण