फ्राइडे रिलिज : ‘मिस्टर नेपाली’सँग भिड्दै ‘सम्हाली राख है’
काठमाडौँ । फ्राईडे रिलिजअन्तर्गत आज शुक्रबारबाट एकसाथ दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘मिष्टर नेपाली’ र ‘सम्हाली राख है’ । देशभरबाट एकसाथ प्रदर्शनमा आएका यी दुबै फिल्मका कथा भने फरक–फरक छन् । ‘मिस्टर नेपाली’मा देव भुषालको निर्देशन रहेको छ भने ‘सम्हाली राख है’का निर्देशक आरएल लामा हुन् ।
‘सम्हाली राख है’
अर्जुन कुवँर, शीतल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की, आर एल लामालगायत कलाकारको अभिनय ‘सम्हाली राख है’ रहेको छ ।
ताराशंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति र हरिकृष्ण महर्जनको निर्माण रहेको फिल्मका श्यामकृष्ण महर्जन सह निर्माता रहेका छन् ।
बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको द्वन्द, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत फिल्ममा छ । काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य समेटिएको फिल्म प्रेमकथामा निर्माण भएको हो ।
युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवरले समसामयिक बिषयबस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ फिल्म निर्माण भएको निर्माता हरिकृष्ण महर्जनले बताए ।
‘मिस्टर नेपाली’
भुवन केसी, साहिल श्रेष्ठ, रीमा बिश्वकर्मा र कुसुम राउत अभिनित ‘मिष्टर नेपाली’ राष्ट्रियताको कथालाई कमेडी शैलीमा पस्केको फिल्म हो । निर्देशक भुषालको कथा समेत रहेको फिल्ममा अभिनेता भूवन केसी दोहोरो भूमिकामा प्रस्तुत छन् ।
फिल्ममा सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल, कमलमणि नेपाल, सुरेन्द्र केसी, नन्दु श्रीवास्तवको समेत अभिनय देख्न सकिन्छ । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्माता प्रेमराज दाहाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
-
नेकपाले भन्यो– सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन
-
बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
-
कांग्रेसले संसद्मा भन्यो– सरकारका कारण युवाहरूको आशा निराशामा परिणत भयो
-
निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण