सचिन तेन्दुल्करले नेपाल आएर खेले क्रिकेट, २१ तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । विश्व क्रिकेटकै महान खेलाडी भारतीय सचिन तेन्दुल्करले शनिबार दिउँसो टियु मैदान कीर्तिपुरमा क्रिकेट खेलेका छन् । सचिन र नेपालका पूर्व कप्तान एवं प्रशिक्षक विनोद दासको टोलीले आठ ओभरको मैत्रीपूर्ण सद्भावना क्रिकेट खेल खेलेको हो ।
यूनिसेफका सद्भावनादूत रहेका सचिन र विनोदको टोलीमा बालबालिकाले खेलेका थिए । संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पूरा भएको अवसरमा यूनिसेफले नेपालमा मैत्रीपूर्ण क्रिकेट आयोजना गरेको हो ।

बालअधिकार सम्बन्धि जनचेतना फैलाउने उद्येश्यले आयोजित प्रतियोगितामा सचिनको टोली नौ विकेटले विजयी भयो । टस हारेर पहिले ब्याटिङ गरेको विनोद दासको टोलीले निर्धारित आठ ओभरमा चार विकेटको क्षतिमा ४४ रन बनाएको थियो ।

४५ रनको विजयी लक्ष्य पछ्याएको सचिनको टोलीले ६ ओभरमा एक विकेटको क्षतिमा विजय लक्ष्य पूरा गरेको थियो । सचिनले मैदानमा ब्याटिङ, बलिङ र विकेटकिपरको तीनवटै भूमिका निभाएर समर्थकलाई मनोरञ्जन दिए । सचिनले सात रन बनाएका अन्य खेलाडीलाई मौका दिएका थिए । अन्तिम बलमा चौका हानेर सचिन बाहिरिए । नेपालका विनोद दासले एक विकेट लिए ।

शुक्रबार राति साढे ९ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका सचिन काठमाडौंको बत्तिसपुतली स्थित होटल द्वारिकामा बास बसेका थिए । सचिन नेपाल ओर्लिए लगत्यै उनको सुरक्षा ब्यवस्था कडा पारिएको थियो । टियु मैदान परिसरमा पनि सचिनको सुरक्षार्थ बाक्लो संख्याका सुरक्षा तैनाथ गरिएको थियो । क्रिकेट सर्मथक र अन्य ब्यक्तिलाई बिहान नौ बजेसम्म मैदानमा पुगिसक्नुपर्ने ब्यवस्था गरिएको थियो ।

टियु मैदामा सचिनलाई पूर्व कप्तान विनोद दास लगायतले स्वागत गरेका थिए । खेलपनि विनोदले विश्व क्रिकेटमा महान हस्तीसँग घरेलु मैदानमा खेल्न पाउखु अविस्मरणीय क्षण भएको बताए । ‘सचिन क्रिकेट शब्दको समानार्थी हुन् । यस्तो ब्यक्तिको नेपाल आगमनले नेपालको क्रिकेटलाई बलियो उर्जा दिएको छ,’ विनोद दासले भने । सचिन शनिबार धुलिखेलमा बास बसेर आइतबार भारत फर्कने छन् ।
















फोटोहरु : सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण