फेरि अनमोलसँग सुहानाको रोमान्स
काठमाडौँ। केही दिन पहिले ‘धुपैरे’ फिल्मबाट हात झिकेका अभिनेता अनमोल केसीको अभिनय ‘ए मेरो हजुर ४’मा पनि रहने भएको छ । सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्मका लागि अनमोल शनिबार अनुबन्धित भएका हुन् ।
निर्माण युनिटसँग फिल्म अभिनयका लागि अनमोलले शनिबारनै सम्झौता गरेका छन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित हिट फिल्म ‘ए मेरो हजुर’को चौथो सिक्वेलको रुपमा निर्माण हुन लागेको यो फिल्ममा उनको जोडी अभिनेत्री सुहाना थापा बन्नेछिन् ।
यस अगाडि निर्माण भएको सिक्वेल ‘ए मेरो हजुर ३’मा पनि अनमोल र सुहाना जोडी बनेका थिए । झरना थापाको निर्देशन रहने फिल्म सुनिलकुमार थापाले निर्माण गर्न लागेका हुन् ।
‘ए मेरो हजुर ३’मा अनमोल र सुहानाको जोडी दर्शकले रुचाएका कारण फेरि दुबैलाई लिएर फिल्म गर्न लागेको निर्देशक झरना थापाले बताइन् ।
‘ए मेरो हजुर ४’ माघ २० देखि छायाँकनमा जानेछ । नेपाल, ओमान र हल्याण्डमा छायाँकन हुने बताइएको फिल्मको अन्य कलाकार छनौट हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण