राष्ट्रिय वाणिज्य बैंकले गर्यो राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा नेपाली राष्ट्रिय महिला भलिबल टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हुंदा सोमबार एक कार्यक्रमका बीच नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान व्यक्त गरेको छ ।
सो बधाई कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । हालै बंगलादेशमा सम्पन्न भएको एशियन सेन्ट्रल जोन सिनियर वोमन भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टिम प्रथम भएको थियो ।
सो कार्यक्रममा बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीले बैंकले भलिबललाई विगत देखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शिर उच्च भएको बताए ।
नेपाल भलिबल संघका अध्यक्ष शर्माले बैंकले गरेको सहयोगकोे गुन संघले सुनले तिर्ने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउंदै यस्तो कार्यक्रमले खेल खेलाडीहरुको मनोबल बढ्ने बताए ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्ष देखि रहदंै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण