काण्ड उही, त्यता मात्रै शंकाको सुई !
काठमाडौँ । मुद्दा उस्तै–उस्तै हुन्, तर व्यवहार फरक–फरक ! निर्मला पन्तको बलात्कारपछि हत्या भयो । समातिएको मान्छे पनि छुटेका छन्, मानसिक सन्तुलन गुमाएको र डिएनए नमिलेको नाममा ।
त्यसबारे जाहेरीमाथि जाहेरी परेको परेकै छ । निर्मलाकी आमाले पनि तीन महिनाअघि दिलिपसिंह विष्टकै नाममा अर्को किटानी जाहेरी दिएकी थिइन् । करीब–करीब पत्ता लागिसकेको छ, दोषी को हो भन्ने कुरा । तर, उनले उन्मुक्ति पाउँछन्, मानसिक सन्तुलन ठीक छैन भन्ने नाममा । कसुरदार उनै हुन् भनेर रीतपूर्वकको लिखित जाहेरी परेको छ ।
बयान लिखित र भिडियोमा सुरक्षित नै छ । तर, ऊ छुट्छ ।
सँगसँगै यही देश हो, सभामखु जस्तो पदमा रहेको मान्छेविरुद्ध परेको उजुरीमा जाहेरवालीले पटक–पटक बयान फेर्ने, निवेदन नै दिएर जाहेरी फिर्ता माग्ने, इन्कारी बयान दिन आफै लगातार अदालतमा उपस्थित हुँदा पनि त्यसको वैज्ञानिक जाँच गरिएको छैन । न त त्यसलाई आधार–प्रमाण नै मानिएको छ । उनी आफैले मेरो मानसिक स्थिति ठीक छैनभन्दा पनि स्वास्थ्य परीक्षण गरिएको छैन । बरु दशकौँदेखिको सम्बन्धकै निरन्तरतास्वरुप घटनास्थलमा पाइला टेकेको तर करणी प्रमाणित नभएको कसुरमा महरा अहिले पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।
आजको जनआस्था साप्ताहिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण