बन्दुक बिना पनि परिवर्तन सम्भव छ: दिपक बोहरा
भैरहवा । राप्रपा वरिष्ठ नेता दिपक बोहराले मन्त्रीमण्डल विस्तार र प्रधानमन्त्रीको सचिवालय हेरफेरमा महिनौं अल्झेर राष्ट्रिय समस्याको सम्बोधन गर्ने प्राथमिकता चयनमा सरकार चुकेको बताएका छन् । आज रुपन्देहीको भैरहवामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बोहराले भारतले नेपालको भूभाग समेटेर एकतर्फी रुपमा जारी गरेको राजनीतिक नक्साले सिर्जना गरेको समस्यालाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा हलुका ढंगबाट प्रस्तुत भएको आरोप लगाएका छन् ।
नेता बोहराले उप निर्वाचनको परिणामले नयाँ सरकार बन्ने र भत्कने अवस्था नरहेको तर निर्वाचनको माध्यमबाट आउने ताजा जनादेशवाट देशको वर्तमान अवस्था प्रतिबिम्बित हुने भएकाले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सनातन धर्मको रक्षा गर्दै समृद्धिको एजेन्डा बोकेको राप्रपालाई मतदान गर्न पनि आव्हान गरेका छन् ।
नेता बोहराले बन्दुक बिना पनि परिवर्तन सम्भव रहेको र राप्रपा त्यसै दिशामा केन्द्रीत रहेको बताएका छन् । समारोहमा रुपन्देहीका पुराना नेता, सिद्धार्थनगर नगरपालिकाका पूर्व उपप्रमुख रतनकुमार गुप्तालाई राप्रपाको केन्द्रीय सल्लाहकार मनोनयन गरिएको पत्र हस्तान्तरण गरिएको थियो । राप्रपा महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देन, प्रदेश– ५ का अध्यक्ष प्रदीप कुमार उदय, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ, जिल्ला अध्यक्ष सागर प्रताप राणा लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण