मतदाताको भावनाअनुसार काम गर्छु : रजनी केसी
पोखरा । कास्की क्षेत्र नं २ का साझा पार्टीका उम्मेदवार रजनी केसीले मतदाताको भावनाअनुसार आफूले काम गर्ने बताउनुभएको छ ।
बुधबारदेखि पोखरा–१५ मा उपनिर्वाचनलाई लक्षित गर्दै भइरहेको घरदैलो कार्यक्रममा ‘मत बदलौँ, मन बदलौँ’ भन्दै केसीले जनभावनाअनुरूप आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलो कार्यक्रम लिएर कास्की–२ को विभिन्न वडामा पुग्दा मतदाताले निकै उत्साह थपेको उनको भनाइ थियो ।
परिवर्तनको संवाहक बनेर देशका लागि अब वैकल्पिक शक्तिको रूपमा साझा पार्टी रहेको उनले बताए ।
पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले जनताले विकल्प खोजेको भन्दै अब साझा पार्टीबाट देश विकास सम्भव हुने धारणा राख्नुभयो । उहाँले साझा पार्टी भ्रष्टाचारविरुद्ध देश विकास र राष्ट्र हाँक्ने नेतृत्व लिन चुनावी मैदानमा होमिएको प्रष्ट पारे ।
चुनावको समयमा प्रलोभनमा पारेर मत बदल्ने चलखेल गर्ने परिपाटी रहेकाले स्वतन्त्र भएर मत खसाल्न उनको आग्रह थियो । आज पोखरा–१७ मा घरदैलो कार्यक्रम गरिने पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण