थाइल्याण्डमा शक्तिशाली भूकम्प
बिहीबार, ०५ मङ्सिर २०७६, २२ : ४८
एजेन्सी । थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिए ।
स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटक पराकम्पन भएको उनले बताए । महानिर्देशक सोम्साकले ६.४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६.५० बजे गएको जानकारी दिए ।
भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ । ठूलो क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण