केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न चिनियाँ टोली नेपाल आउने
नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखाका प्रमुख गोपालप्रसाद सिग्देलका अनुसार चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणको क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी पत्र (एमओयू) अनुसार केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोेजना प्रतिवेदन (डीपीआर) तयारका क्रममा चिनियाँ टोली आउन लागेको हो ।
चिनियाँ टोली मङ्गसिर ९ गते नेपाल आउने छन् भने १० गते काठमाडौँमा नेपाली र चिनियाँ टोलीको विस्तृत बैठक बसी प्रस्तावित सो रेलमार्गको ‘डीपीआर’ निर्माणलगायतका विषयमा छलफल हुने छ ।
महाशाखाका अनुसार नेसनल रेल्वे अथोरेटी चाइनाको उपप्रशासकको नेतृत्वमा २० सदस्यीय उच्च स्तरीय टोली काठमाडौँ आउन लागेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगेशको प्रश्न : एमाले फुटाउन देउवाले अध्यादेश ल्याएको होइन ?
-
बैठक स्थगितपछि सभामुख र प्रमुख सचेतक छलफलमा
-
कोशीको विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश, पूर्ण सुनुवाइका लागि जेठ ९ गते तोकियो पेशी
-
रेशम र रामेश्वर चौधरीको रिट पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश
-
मन्त्रिपरिषद् बैठक : १ अर्ब २० करोड रुपैयाँ अनुदान लिनेसहित २५ निर्णय
-
त्रिविका अवकाशप्राप्त कर्मचारीलाई पेन्सनका लागि जान्छ मासिक २५ करोड