साँखु प्रहरीले समात्यो लागुऔषध कारोबारी
काठमाडौँ । बिहीबार बिहान साँखु प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीलाई गोप्य सूचना प्राप्त हुन्छ ‘ठूलै मात्रामा चरेसको कारोबार हुँदैछ ।’
उनले तत्कालै टोली खटाउँछन् । र, लागूऔषध कारोबारीमा सङल्गनको पहिचान हुन्छ भारत बेतिया घर बताउने राकेश शाह ।
सामान उपलब्ध गराउने योजना बनाइरहेका साहले चढेको बा९६प ९८५३ नम्बरको बाइक साँखु इन्द्रेणी चोकमा नरोकिएपछि प्रहरीले उनको पिच्छा गर्दै जान्छ ।
फलो गर्दै प्रहरी टोली माकलवारी पुग्छ । साहले आफ्नो मोटरसाइकल रोक्छन् । मोटरसाइकल रोक्नेबित्तिकै साहमाथि प्रहरीले खानतलासी लिन्छ ।
खानतलासीको क्रममा साहको साथबाट अन्दाजी १ किलो लागुऔषध बरामद गरेको छ । पन्थीले भने, ‘साहको साथबाट १ किलो पोल्यान्ड बरामद भएको छ ।’
साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही समयअघि साँखु प्रहरीले १७ बर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार व्यक्तिलाई पनि यसरी नै पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण