रङ्गभेदविरुद्ध एकताको नाममा सिके राउतको शक्ति प्रदर्शन (फोटोफिचर)
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले रङ्गभेदविरुद्ध सभाको नाममा शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । सो पार्टीले राजधानीको खुल्लामञ्चमा रङ्गभेदविरुद्ध एकताका लागि भन्दै शक्ति प्रदर्शनसहित आमसभाको गरेको हो ।
सिके राउतले आमसभामा सहभागी गराउनका लागि तराई मधेशबाट आफ्ना कार्यकर्ता उतारेका थिए।
आमसभामा प्रमुख वक्ताका रुपमा सिके राउत रहेका थिए ।

मधेशीलगायतका समुदायमाथि रङ्गको आधारमा हुने विभेदलाई रङ्गभेद भन्दै अध्यक्ष राउतले त्यसको विरोधमा काठमाडौमा आमसभा गरेका छन् । सो कार्यक्रममा सहभागिताका लागि विभिन्न स्थानबाट निकालिएको जुसुलका क्रममा सिके राउत समेत सहभागी थिए ।
‘रंगभेद जघन्य अपराध हो, यसलाई निर्मूल गरौं’ लेखिएको व्यानरसहितको गौशला, महाराजगंज र कृतिपुरबाट झाँकीसहितको र्याली कार्यक्रमस्थलमा पुगेको थियो । प्रत्येक वर्ष मंसिर १० गते मनाइने रंगभेदविरुद्धको एकता दिवस उपनिर्वाचनका कारण यस वर्ष सात गते नै मनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा.राउतले मधेशी, थारु, आदिवासी जनजातिसँग भइरहेको रंगभेद अन्त्य गर्नु पर्ने बताए। आफूहरुले नेपालमा समान अधिकार मात्र मागेको राउतले दाबी गरे।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण