बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सुरज थापा नेपाल आइडलबाट बाहिरिँदा रुवाबासी

शनिबार, ०३ भदौ २०७४, १० : ५३
शनिबार, ०३ भदौ २०७४

काठमाडौं– रियालीटी सो नेपाल आइडलबाट  नेपालगन्जका सुरज थापा बाहिरिएका छन् ।   शुक्रबार भएको अन्तिम ६ को प्रतिस्पर्धामा  सबैभन्दा कम भोट पाएको आधारमा सुरज आउट भएका हुन् ।  


उनी बाहिरिएको घोषणा उद्घोषकले गर्दा  निर्णायक मण्डलदेखि  प्रतिस्पर्धी र  सहभागि भावुक बनेका थिए । माहोल निकै भावुक भएकै क्षणमा सुरजले भने  आफू बाहिरिए पनि जितेर गएको जस्तै फिल भएको भन्दै  सबैप्रति धन्यवाद ज्ञापन गरे । 


शुक्रबारको प्रतिस्पर्धामा सुरजसँगै निशान भट्टराई र सुजाता पाण्डेपनि बटम थ्रीमा परेका परेका थिए । तर, उनीहरुको भन्दा कम भोट आएको आधारमा सुरज बाहिरिन पुगेका हुन् । 


उनी बाहिरिएसँगै सामाजिक सञ्जालमा प्रतिभाको उचित मूल्यांकन हुन नसकेको भन्नेसम्मका  प्रतिक्रिया आइरहेका छन् ।   अब नेपाल आइडलको अर्को एपिसोडमा निशान र सुजाताका साथै सागर आले, प्रताप दास र बुद्ध लामाबीच प्रतिस्पर्धा हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप