प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न ज्ञानेन्द्रले पठाए अस्पतालमा दूत !
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । एपेन्डीसाइटिसको अप्रेसन पछि स्वस्थलाभ गरेर अस्पतालमा बसिरहेका प्रधानमन्त्री ओलीलाई आफ्ना सहयोगीमार्फत पूर्वराजा शाहले स्वास्थ्यलाभको सन्देश पठाएका हुन् ।
पूर्वराजा शाहको सन्देश बोकेर प्रमुख सचिव पशुपतिभक्त महर्जन मंगलबार राजधानीस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए। शाहको सन्देशमा स्वस्थलाभको कामना गरिएको उनका संवाद सचिव फणि पाठकले जानकारी दिए ।
नेकपा अध्यक्ष समेत रहेका ओलीलाई शल्यक्रियापछि सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ । सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका बारेमा जानकारी दिँदै शल्यक्रियापछि स्वास्थ्य अवस्था स्थिर रहेको जनाएका हुन् ।
उनका अनुसार प्रधानमन्त्री ओली बिहान ९ बजे उपचारका लागि उक्त सेन्टरमा पुगेका थिए । विज्ञ चिकित्सकहरु सम्मिलित टोलीले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएको उनले जनाए । तत्काल अस्पतालले ‘ल्याप्रोटोमी’ र ‘एपेन्डिक्टोमी’ लगायतका विधिबाट प्रधानमन्त्री ओलीको उपचार गरेको उनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
