प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न ज्ञानेन्द्रले पठाए अस्पतालमा दूत !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । एपेन्डीसाइटिसको अप्रेसन पछि स्वस्थलाभ गरेर अस्पतालमा बसिरहेका प्रधानमन्त्री ओलीलाई आफ्ना सहयोगीमार्फत पूर्वराजा शाहले स्वास्थ्यलाभको सन्देश पठाएका हुन् ।
पूर्वराजा शाहको सन्देश बोकेर प्रमुख सचिव पशुपतिभक्त महर्जन मंगलबार राजधानीस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए। शाहको सन्देशमा स्वस्थलाभको कामना गरिएको उनका संवाद सचिव फणि पाठकले जानकारी दिए ।
नेकपा अध्यक्ष समेत रहेका ओलीलाई शल्यक्रियापछि सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ । सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका बारेमा जानकारी दिँदै शल्यक्रियापछि स्वास्थ्य अवस्था स्थिर रहेको जनाएका हुन् ।
उनका अनुसार प्रधानमन्त्री ओली बिहान ९ बजे उपचारका लागि उक्त सेन्टरमा पुगेका थिए । विज्ञ चिकित्सकहरु सम्मिलित टोलीले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएको उनले जनाए । तत्काल अस्पतालले ‘ल्याप्रोटोमी’ र ‘एपेन्डिक्टोमी’ लगायतका विधिबाट प्रधानमन्त्री ओलीको उपचार गरेको उनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा
-
समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
चाडपर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा योगदान पुर्याइरहेका छन् : मुख्यमन्त्री सिंह
-
बकर इदको अवसरमा मस्जिदहरूमा सामूहिक नमाज पढ्दै मुस्लिम धर्मावलम्बी (तस्बिरहरू)
-
चार नेपाली मृत फेला परेपछि अमेरिकामा शोकमा डुब्यो नेपाली समुदाय
-
हरेक चाडपर्वहरूको ऐतिहासिक र विशिष्ट महत्त्व हुने गर्दछ : अध्यक्ष प्रचण्ड