भूकम्पमा परी हजुरआमाको मृत्यु तर नाती काखमा लुकेर बाँच्यो
अल्बानियामा मंगलबार आएको भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
६.४ म्याग्निच्युडको भूकम्पको केन्द्र अल्बानियाको राजधानी तिरानाबाट ३४ किलोमिटर टाढा उत्तर पश्चिममा रह्यो ।
मंगलबार बिहान आएको यो भूकम्पको केही घण्टापछि बोसनियाको मोस्टारमा पनि भूकम्प आयो । यद्यपि, यहाँ कुनै पनि प्रकारको क्षतीको खबर आएको छैन ।

Photo: Getty Image
अल्बनियाका प्रधानमन्त्री एडी रामाले ट्वीटरमा लेखे, ‘हामी पीडितको साथमा छौं । हामी प्रभावित इलाकामा मानिसको मद्दतका लागि हर सम्भव कोसिस गरिरहेका छौं ।’

Photo: Getty Image
अल्बानियाको स्थानीय संचारमाध्यमका अनुसार करिब ६ सय जनाको अस्पतालमा उपचार भइरहेको छ ।

Photo: Getty Image
हजुरआमाले नातीलाई बचाइन्ः
तत्कालका लागि सबै स्कूल बन्द गरिएको छ ।
उद्धारकर्मीले अल्बानियाको मिडियालाई एक वृद्धाबारे जानकारी दिएका छन् ।

Photo: Getty Image
उद्धारकर्मीले जब एक वृद्ध महिलाको शव भेटे तब उनी आफ्नो नातीसँग थिइन् । ती हजुरआमाले आफ्नो नातीलाई यसरी समातेकी थिइन् कि बच्चाको सकुशल उद्धार गर्न सकियो ।
भूकम्पपछि उद्धारकार्य तीब्र रुपमा जारी छ । सेना, पुलिसले भवनबाट मानिसहरुलाई निकालिरहेका छन् ।

Photo: Getty Image
भूकम्पमा धेरै मानिसहरु फसिरहेको पनि अनुमान गरिएको छ । अधिकारीका अनुसार अहिलेसम्म भूकम्पग्रस्त भवनबाट ४२ व्यक्तिलाई जिउँदो निकालिएको छ ।
यसअघि सन् १९७९ मा ६.९ रेक्टर स्केलको भूकम्प आएको थियो । यो भूकम्पमा १३६ जनाको ज्यान गएको थियो भने करिब एक हजार घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण