बाथ रोगका विरामीका लागि निःशुल्क परामर्श गर्दै ॐ अस्पताल
काठमाडौं– ॐ अस्पताल एण्ड रिसर्च सेन्टरमा बाथरोग सम्बन्धि बिशेषज्ञ उपचार सेवा शुरु भएको छ ।
भारतको नयाँ दिल्ली स्थित एम्सबाट इन्टरनल मेडिसिनमा एमडी तथा चण्डिगढ स्थित पीजीआई बाट र्युमाटोलोजिमा डीएम गरेका बाथरोग बिशेषज्ञ डाक्टर साकेत झाले ॐ अस्पतालबाट विशेषज्ञ सेवा दिने भएका हुन् ।
डा. झाले नियमित रुपमा आइतबार देखी शुक्रबारसम्म अस्पतालबाट परामर्श सेवा दिने अस्पतालले जनाएको छ । डा. झा नेपाली चिकित्सकीय क्षेत्रमा र्युमाटोलोजिमा डीएम गर्ने पहिलो डाक्टर हुन् ।
बाथ रोगको समस्या भयावह रुपमा रहेको अवस्थामा नेपालमा नै सहि उपचारका लागि विशेषज्ञ सहितको उपचार सेवा प्रदान गर्न लागिएको ॐ अस्पतालले जनाएको छ ।
काठमाडौं उपत्यका तथा देशका बिभिन्न शहरमा रहेका साना ठूला अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरुसँग सहकार्य गरी मोफसलका बाथरोगका बिरामीहरुका लागि समेत सुलभ रुपमा बाथरोग उपचार सेवामा योगदान दिने अस्पतालले जनाएको छ ।
अस्पतालले केही समय अघि लामो समयदेखी उपचारमा रहेका बाथरोगीहरुलाई लक्षित गरी निःशुल्क ओपीडी सेवा समेत सञ्चालन गरेको थियो ।
बिरामी तथा आफन्तजनको बिशेष अनुरोधमा अस्पतालले आगामी बिहिबार बिहान ८ः०० बजे देखी १०ः०० बजेसम्म र अपरान्ह २ः०० बजे देखी साँझ ५ः०० बजेसम्म पनि बाथरोगका बिरामीहरुका लागि निःशुल्क ओपीडी सेवा संचालन गर्न लागेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण