बाथ रोगका विरामीका लागि निःशुल्क परामर्श गर्दै ॐ अस्पताल
काठमाडौं– ॐ अस्पताल एण्ड रिसर्च सेन्टरमा बाथरोग सम्बन्धि बिशेषज्ञ उपचार सेवा शुरु भएको छ ।
भारतको नयाँ दिल्ली स्थित एम्सबाट इन्टरनल मेडिसिनमा एमडी तथा चण्डिगढ स्थित पीजीआई बाट र्युमाटोलोजिमा डीएम गरेका बाथरोग बिशेषज्ञ डाक्टर साकेत झाले ॐ अस्पतालबाट विशेषज्ञ सेवा दिने भएका हुन् ।
डा. झाले नियमित रुपमा आइतबार देखी शुक्रबारसम्म अस्पतालबाट परामर्श सेवा दिने अस्पतालले जनाएको छ । डा. झा नेपाली चिकित्सकीय क्षेत्रमा र्युमाटोलोजिमा डीएम गर्ने पहिलो डाक्टर हुन् ।
बाथ रोगको समस्या भयावह रुपमा रहेको अवस्थामा नेपालमा नै सहि उपचारका लागि विशेषज्ञ सहितको उपचार सेवा प्रदान गर्न लागिएको ॐ अस्पतालले जनाएको छ ।
काठमाडौं उपत्यका तथा देशका बिभिन्न शहरमा रहेका साना ठूला अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरुसँग सहकार्य गरी मोफसलका बाथरोगका बिरामीहरुका लागि समेत सुलभ रुपमा बाथरोग उपचार सेवामा योगदान दिने अस्पतालले जनाएको छ ।
अस्पतालले केही समय अघि लामो समयदेखी उपचारमा रहेका बाथरोगीहरुलाई लक्षित गरी निःशुल्क ओपीडी सेवा समेत सञ्चालन गरेको थियो ।
बिरामी तथा आफन्तजनको बिशेष अनुरोधमा अस्पतालले आगामी बिहिबार बिहान ८ः०० बजे देखी १०ः०० बजेसम्म र अपरान्ह २ः०० बजे देखी साँझ ५ः०० बजेसम्म पनि बाथरोगका बिरामीहरुका लागि निःशुल्क ओपीडी सेवा संचालन गर्न लागेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुल बसमा आगजनीप्रति भरतपुर महानगरको आपत्ति
-
रवि प्रकरण : बागमती प्रदेश सभा पनि ठप्प पार्ने कांग्रेसको चेतावनी, बचाउमा एमाले
-
मन्त्रालयको टुङ्गो नलागेपछि रञ्जुले लिइनन् शपथ
-
विभिन्न भिसामा विदेश गएर काम गरिरहेकाहरूलाई अब ‘वैधानिकीकरण श्रम स्वीकृति’
-
नेपालले आफ्नै रु पे कार्ड ल्याउँदैछ : गभर्नर
-
राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायक इ–नेट पेमेन्टको लाइसेन्स खारेज