गौर हत्याकाण्डको कुरा गरेर देशलाई बिखण्डन गर्न खोजियोः उपप्रधानमन्त्री यादव
जनकपुर । उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले गौर हत्याकाण्डको कुरा गरेर देशलाई बिखण्डन गर्न केही तत्व उद्धत रहेको टिप्पणी गरेका छन् ।
बुधवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रिय एकता खलबल्याएर देशलाई विखण्डनको बाटोमा लैजान चाहने शक्तिले गौर हत्याकाण्डको कुरा उठाएकोे बताएका हुन् ।
महोत्तरीको पिपरा गाउँपालिकामा उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेद्वारको प्रचारप्रसार गर्न जाने क्रममा यहाँ आएका उपप्रधानमन्त्री यादवले गौर हत्याकाण्डको धम्की देखाएर मधेसलाई दबाउन खोजेकाले यस्तो कुरा गर्नु गलत रहेको बताए ।
उनले सप्तरी हत्याकाण्ड, झापा हत्याकाण्ड, माडी हत्याकाण्ड लगायत देशमा विभिन्न हत्याकाण्डहरु भएको उल्लेख गर्दै भने, ‘यी सबै कुरा उठाउँदै गएमा के परिणति आउँछ ? त्यति ठूलो जनयुद्ध कहाँ पुग्छ ?’
अर्को प्रसंगमा यादवले मन्त्रिमण्डल फेरबदल सामान्य विषय रहेको बताउँदै हटाइएका राज्यमन्त्रीको ठाउँमा पनि अर्को राज्यमन्त्री नियुक्त गरिने स्पष्ट पारे । उनले अहिलेको संविधानमा त्रुटि र कमीकमजोरी रहेकाले संविधान संशोधनका लागि यो नै सही समय रहेको बताए।
संविधान संशोधनका लागि अब प्रक्रिया छिट्टै अघि बढाइने भन्दै मन्त्री यादवले कानुन निर्माणका केही प्रक्रिया समेत अघि बढ्ने बताए।
उनले सरकारबाट अलग भएमात्रै राजपा नेपालले एकता गर्ने भन्नु अशोभनीय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण