अर्घाखाँची बस दुर्घटना: मृत्यु हुनेको संख्या १७ पुग्यो (अपडेट)
बुधबार, ११ मङ्सिर २०७६, १९ : ४२
बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानी रातामाटामा भएको बस दुर्घटनामा मर्नेको संख्या १७ पुगेको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलकाअनुसार मृत्यु हुनेको संख्या १७ जना पुगेको हो । दुर्घटनामा बसका चालकको समेत मृत्यु भएको छ । गाडी चालक अन्दाजी ३० वर्षीय ओमबहादुर थापा बसन्तको घटनास्थलमै मृत्यु भएको हो । अन्यको सनाखत हुन सकेको छैन ।
लु २ ख २१४८ नम्बरको बस बस सड्कबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनास्थल निकै अफ्ठ्यारो भिरमा भएकाले उद्धार कार्य निकै अप्ठ्यारो भएको जनाइएको छ । दिउँसो करिब ४ बजे गाडी दुर्घटना भएको हो । अन्य विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
अमेरिकाले चीनको विद्युतीय कारमा चार गुणा कर बढायो
-
सुनसान छ डाक्टर केसीको अनसनस्थल
-
ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिप : एपीएफ क्लबको लगातार तेस्रो जित
-
बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिँदै
-
सोह्रौँ पञ्चवर्षीय योजना पूर्ण कार्यान्वयनमा जाने उपाध्यक्षको दाबी,आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याइने