अर्घाखाँची बस दुर्घटना: मृत्यु हुनेको संख्या १७ पुग्यो (अपडेट)
बुधबार, ११ मङ्सिर २०७६, १९ : ४२
बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानी रातामाटामा भएको बस दुर्घटनामा मर्नेको संख्या १७ पुगेको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलकाअनुसार मृत्यु हुनेको संख्या १७ जना पुगेको हो । दुर्घटनामा बसका चालकको समेत मृत्यु भएको छ । गाडी चालक अन्दाजी ३० वर्षीय ओमबहादुर थापा बसन्तको घटनास्थलमै मृत्यु भएको हो । अन्यको सनाखत हुन सकेको छैन ।
लु २ ख २१४८ नम्बरको बस बस सड्कबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनास्थल निकै अफ्ठ्यारो भिरमा भएकाले उद्धार कार्य निकै अप्ठ्यारो भएको जनाइएको छ । दिउँसो करिब ४ बजे गाडी दुर्घटना भएको हो । अन्य विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण