बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दक्षिण एसियाली खेलकुद (साग) अवधिमा काठमाडौ उपत्यकामा जोर विजोर प्रणाली

बिहीबार, १२ मङ्सिर २०७६, १५ : ०४
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवसरमा उपत्यकामा जोर विजोर प्रणालीमार्फत ट्राफिक व्यवस्थापन गरिने भएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकामा सागको उद्घाटन र सम्पन्न हुने दिन क्रमश –मंसिर १५ र २४) दुई दिन जोर–विजोर प्रणाली लागू गरिने भएको हो । 

‘मंसिर १५ र २४ गते जोर विजोर प्रणाली लागू गरेर उपत्याकामा ट्राफिक व्यवस्थापन गर्ने निर्णय भएको छ । मंसिर १५ गते विजोर नम्बर र २४ गते जोर नम्बरका सवारी साधन चल्नेछन् । खासगरी यो नियम काठमााडौं उपत्यकाको रिङ रोडभित्र लागू हुनेछ’ एसएसपी ढकालले भने । तर अत्यावाश्यक सेवाका सवारी साधन भने रोकिने छैनन् । 

त्यस्तै भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ । खेल अवधिमा सञ्चारमाध्यमका सवारी साधनको पार्किङ स्थान छुट्टै स्थानमा तोकिने छ । 

यसैबीच साग सुरक्षा उपसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने बताएका थिए ।  त्यस्तै, ट्राफिक प्रहरीले सागको अवधिमा ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न आग्रह गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप