दक्षिण एसियाली खेलकुद (साग) अवधिमा काठमाडौ उपत्यकामा जोर विजोर प्रणाली
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवसरमा उपत्यकामा जोर विजोर प्रणालीमार्फत ट्राफिक व्यवस्थापन गरिने भएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकामा सागको उद्घाटन र सम्पन्न हुने दिन क्रमश –मंसिर १५ र २४) दुई दिन जोर–विजोर प्रणाली लागू गरिने भएको हो ।
‘मंसिर १५ र २४ गते जोर विजोर प्रणाली लागू गरेर उपत्याकामा ट्राफिक व्यवस्थापन गर्ने निर्णय भएको छ । मंसिर १५ गते विजोर नम्बर र २४ गते जोर नम्बरका सवारी साधन चल्नेछन् । खासगरी यो नियम काठमााडौं उपत्यकाको रिङ रोडभित्र लागू हुनेछ’ एसएसपी ढकालले भने । तर अत्यावाश्यक सेवाका सवारी साधन भने रोकिने छैनन् ।
त्यस्तै भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ । खेल अवधिमा सञ्चारमाध्यमका सवारी साधनको पार्किङ स्थान छुट्टै स्थानमा तोकिने छ ।
यसैबीच साग सुरक्षा उपसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने बताएका थिए । त्यस्तै, ट्राफिक प्रहरीले सागको अवधिमा ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण