लक्ष्यको सतप्रतिशत नजिक पुग्ने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय र मातहतका निकायहरुलाई उनीहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा सतप्रतिशत नजिक पुग्नेगरी काम गर्न निर्देशन दिएका छन् ।
आज गृहमन्त्रालयमा आ.व.२०७६÷७७को प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘तोकिएको लक्ष्य एक सय प्रतिशत पु¥याउन कोशिस गर्नुुहोस्, त्यसो गर्दा लक्ष्य प्राप्त हुन्छ, कारणवश पूरा हुन नसकेपनि लक्ष्यको नजिक अवश्य पुगिन्छ ।’
समग्रमा चालु आर्थिक वर्षमा मन्त्रालयले लिएको पहिलो चौमासिकको लक्ष्य पूरा भएको भन्दै गृहमन्त्री थापाले आगामी दिनमा थप कार्यपद्धतिलाई थप सुधार गर्र्दै लैजान निर्देशन दिए ।
शान्ति बिना विकास सम्भव नभएको बताउँदै गृहमन्त्री थापाले सुरक्षा र प्रविधिमा थप लगानी गर्न आवश्यक रहेको टिप्पणी दिए ।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले प्रथम चौमासिक प्रगति सन्तोषजनक रहेको बताउँदै अहिलेका कमजोरीलाई सुधार गर्दै लैजानुपर्ने बताए ।
बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, कारागार विभागले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण