१० दिन बन्द हुँदै भरतपुर विमानस्थल, बुद्धले सिमरा उडान थप्ने
बिहीबार, १२ मङ्सिर २०७६, १७ : १२
काठमाडौं– भरतपुर विमानस्थल १० दिनका लागि बन्द हुने भएको छ ।
यही मंसिर १५ गते देखि २४ गतेसम्म विमानस्थल बन्द हुने भएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार विमानस्थलको रनवे मर्मत गर्न लागिएकाले १० दिनको लागि सम्पूर्ण उडान बन्द गर्न लागिएको हो ।
मंसिर १५ देखि २४ गतेसम्म कुनै पनि उडान नहुने जानकारी प्राधिकरणले दिएको छ ।
भरतपुर विमानस्थल बन्द रहने समयमा बुद्ध एयरले भने काठमाडौं सिमरा उडान थप्ने बताएको छ । यात्रुहरु मर्कामा नपरुन भनेर भरतपुरबाट नजिक रहेको सिमरामा आफ्नो उडान थप्ने बुद्धले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण