काठमाडौंबाट नक्कली ‘रत्न’ बिक्री गर्ने गिरोह पक्राउ
काठमाडौं । नक्कली रत्न (पत्थर) लाई बहुमूल्य भनी बिक्री गर्दै हिँड्ने एक गिरोहलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ ।
पत्थरलाई गैरकानूनी रुपमा ओसारपसार गरी करोडौँ मूल्य पर्ने भनी झुक्याएर कारोवार गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको महाशाखाका टोलीले उनीहरुलाई काभ्रेको पनौतीबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा काभ्रे पनौती बस्ने नवराज खड्का, झापाका हरि खापुङ र यमकुमार गिरी, मोरङका लोकबहादुर सार्की र रौतहटका भीमबहादुर लामा रहेका छन् । उनीहरुको कोठाबाट विभिन्न रङका मोजनाइट, काइनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमन्डजस्तो देखिने पत्थर, एलवी डायमन्डजस्तो पत्थर, फेन्सी डायमन्डजस्तो देखिने स्टोन, पुष्पराज, निलम, लसुनिया, रुवि तथा पहेँलो धातुमा जडित औँठी बरामद गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बुझाइएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण