सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी श्रीलंका
शुक्रबार, १३ मङ्सिर २०७६, २२ : ५६
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको सेमिफाइनलमा नेपालले श्रीलंका प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘ए’ उपविजेता र श्रीलंका समूह ‘बी’ को विजेता बनेको हो । श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर समूह ‘बी’ को विजेता बन्यो । पाकिस्तान नआएका कारण माल्दिभ्स उपविजेता बन्यो ।
पाकिस्तान नआएसँगै दुवै टोलीले वाकओभर पाएका थिए । अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारत र समूह ‘बी’ को उपविजेता माल्दिभ्स भिड्नेछन् । नेपाल र श्रीलंकाको सेमिफाइनल खेल शनिबार साँझ ७ः०० बजे र भारत र माल्दिभ्सको खेल ५ः०० बजे हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण