बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुले बालकले प्रिन्सिपललाई ‘प्रेमपत्र’ पठाएपछि....

शनिबार, १४ मङ्सिर २०७६, ११ : ०९
शनिबार, १४ मङ्सिर २०७६

नयाँ दिल्ली । भारतमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । स्कुले बालकले आफ्नै विद्यालयको महिला प्रिन्सिपललाई ‘प्रेमपत्र’ पठाएबापत कठोस सजाय व्यहोरेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको यो घटना आन्ध्र प्रदेशको एक स्कुलको हो । अनन्तपुर जिल्लाको कादिरी नगरपालिकास्थित मासानम्पेट निम्न माध्यामिक विद्यालयका दुई बालकलाई हातखुट्टा बाँधेर भुईमा राखिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको हो । दुईमध्ये एक बालक तेस्रो कक्षा र अर्का पाँच कक्षामा अध्ययनरत छन् ।

दुई बालकमध्ये एकले प्रिन्सिपललाई प्रेमपत्र पठाएको र अर्काले कक्षाकोठामा होहल्ला गरेको आरोपमा प्रिन्सिपलकै निर्देशनअनुसार यस्तो सजाय दिइएको बताइन्छ ।

सामाजिक सञ्जालमा तस्वीरसहित उक्त घटना सार्वजनिक भएपछि सामाजिक कार्यकर्ताहरु प्रिन्सिपलमाथि कडा कारवाही हुनुपर्ने माग गरिरहेका छन् । स्थानीय प्रशासनले समेत घटनाको छानबिनका लागि आदेश दिइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप