स्कुले बालकले प्रिन्सिपललाई ‘प्रेमपत्र’ पठाएपछि....
नयाँ दिल्ली । भारतमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । स्कुले बालकले आफ्नै विद्यालयको महिला प्रिन्सिपललाई ‘प्रेमपत्र’ पठाएबापत कठोस सजाय व्यहोरेका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएको यो घटना आन्ध्र प्रदेशको एक स्कुलको हो । अनन्तपुर जिल्लाको कादिरी नगरपालिकास्थित मासानम्पेट निम्न माध्यामिक विद्यालयका दुई बालकलाई हातखुट्टा बाँधेर भुईमा राखिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको हो । दुईमध्ये एक बालक तेस्रो कक्षा र अर्का पाँच कक्षामा अध्ययनरत छन् ।
दुई बालकमध्ये एकले प्रिन्सिपललाई प्रेमपत्र पठाएको र अर्काले कक्षाकोठामा होहल्ला गरेको आरोपमा प्रिन्सिपलकै निर्देशनअनुसार यस्तो सजाय दिइएको बताइन्छ ।
सामाजिक सञ्जालमा तस्वीरसहित उक्त घटना सार्वजनिक भएपछि सामाजिक कार्यकर्ताहरु प्रिन्सिपलमाथि कडा कारवाही हुनुपर्ने माग गरिरहेका छन् । स्थानीय प्रशासनले समेत घटनाको छानबिनका लागि आदेश दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण