युरो २०२० : पोर्चुगल, फ्रान्स र जमर्नी एकै समूहमा
सन् २०२० मा हुने युरोकप फुटबलमा साबिक विजेता पोर्चुगल कठिन समुहमा परेको छ ।
युरोपियन फुटबल महासंघ (युएईएफए) ले शनिबार राति सार्वजनिक गरेको समूह विभाजन र खेल तालिका अनुसार साविक विजेता पोर्चुगल कठिन समूहमा परेको हो । पोर्चुगल रहेको समुह ‘एफ’ मा फ्रान्स र जर्मनी छन् ।
यस समूहमा इजरायल, रोमानिया, बुल्गेरिया वा हङ्गेरीमध्ये एक टोली प्लेअफबाट आउनेछ ।
यसैगरी समुह ‘ए’ मा टर्की, इटली, वेल्स र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ ।
समूह ‘बी’ मा बेल्जियम, रुस, डेनमार्क र फिनल्यान्ड छन् । समूह ‘सी’ मा युक्रेन, नेदरल्यान्ड्स, अष्ट्रिया र एक टोली प्ले अफबाट आउनेछ ।
समूह ‘डी’ मा इङ्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक र प्ले अफ छनोटबाट आउने टोली रहेको छ । समूह ‘ई’ मा स्पेन, पोल्यान्ड, स्विडेन र प्ले अफ छनोटबाट आउने टोली रहेको छ ।
सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म युरोकपका विभिन्न १२ देशमा हुनेछ । युरोकपमा २४ देशले प्रतिस्पर्धा गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण