मतदाताले पत्याएनन् वैकल्पिक शक्तिलाई
कास्की । कास्कीको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा वैकल्पिक शक्तिले निराशजनक प्रदर्शन गरेका छन् । उपनिर्वाचनमा फेरि एकपटक पुरानै शक्तिको वर्चश्व देखिएको छ ।
समाचार तयार पार्दासम्म निर्वाचन क्षेत्रका तीनवटा वडाबाट १२ हजार ६ सय २६ मत गनिसक्दा नेपाल कम्युनिस्ट पार्टीकी विद्या भट्टराई अधिकारी ८ हजार २ सय ६५ मत ल्याएर अगाडि छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराम पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् ।
आफूलाई देशको वैकल्पिक शक्ति भन्ने साझा पार्टी नेपाली काँग्रेसबाट पार्टी प्रवेश गरेकी युवा नेत्री रजनी केसीलाई यसपटक मैदानमा उतारेको थियो । तर, पार्टी अहिलेसम्म ९० मतमा सिमित भएको छ ।
निर्वाचन परिणामपछि पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, 'उपचारका क्रममा रहेको विरामीको टेस्ट रिपोर्ट नराम्रो आउनु चिकित्सकका लागि पनि चिन्ताको विषय हुन्छ नै । उपचार प्रक्रियामा नै त्रुटी पनि हुन सक्छ। टेस्ट रिपोर्टले अगाडिको उपचार प्रक्रिया सुधार्न सघाउँछ नै। बुझ्नु पर्ने मूलकुरा रिपोर्ट चिकित्सकको हैन विरामीको हो ।'
त्यस्तै, आफूलाई अर्को ‘वैकल्पिक शक्ति’ भनेर दाबी गर्ने नयाँ शक्ति पार्टी नेपाल मिसिएर बनेको समाजवादी पार्टीका धर्मराज गुरुङले मात्र १ सय ७२ मत ल्याउन सकेका छन् ।
उता, यसपटकको निर्वाचनमा ठूला दलको विकल्प भनेर प्रचारप्रसार गरेको राप्रपाका रोमबहादुर भण्डारीले मात्र १ सय ८६ मत ल्याउन सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण