रजनीकान्तसँग थियो सिल्क स्मिताको सम्बन्ध, रहस्यमयी थियो मृत्यु
दक्षिण भारतीय सिनेमामा सिल्क स्मिताको जादु अत्यधिक चल्थ्यो । तमिल र तेलुगुका अत्यधिक फिल्ममा उनको अभिनय रह्यो । सिल्क स्मिताको जन्म सन् १९६० डिसेम्बर २ मा भएको थियो । सिल्कको वाल्यकाल निकै संघर्षमयी तरिकाले बितेको बताइन्छ । सिल्कले आफ्नो करियरमा अत्यधिक फिल्ममा काम गरिन् । साउथ इन्डष्ट्रिका ठूला नायक रजनीकान्त र कमल हसनसँग पनि उनको निकै राम्रो सम्बन्ध रह्यो । यी दुई नायकसँग सिल्कले काम गरिन् । तर रजनीकान्तसँग नायिकाको अफेयरको खबर थियो ।
८० को दशकमा कमल हसनसँग काम गरेर रातारात स्टार बनेकी यी नायिका बोल्ड इमेजका लागि परिचित छिन् । सिल्कले थुप्रै बी ग्रेड फिल्म अझ भनौं सफ्ट पोर्न फिल्ममा काम गरिन् । रजनीकान्त र सिल्कले थुप्रै फिल्ममा काम गरे । यसमा सन् १९८३ मा रिलिज भएको फिल्म जीत हमारी हुई, थंगा मगन, पायम पुली र सिवाप्पु सूर्या चर्चित छन् । यी फिल्ममा उनीहरुको नृत्य निकै विवादास्पद रह्यो ।
चुरोटले सिल्कको शरीरमा दाग बनाइदिन्थे रजनीकान्तः
रिपोर्टलाई मान्ने हो भने परिवार भएतापनि राजनीकान्त सिल्कतर्फ झुक्न थालेका थिए । खबरलाई विश्वास गर्ने हो भने दुबैबीच अफेयर थियो र यससँगै यो पनि चर्चा थियो कि रजनीकान्तले चुरोटले सिल्कको शरीरमा दाग पनि बनाउँथे । यद्यपि, यी कुराको प्रस्ट प्रमाण भने छैन । सिल्क स्मिताले अत्यधिक नाम र दाम कमाइन् तर उनले आफ्नो जीवनमा कहिले पनि चैन पाइनन् । उनको मृत्यु रहस्यमयी रह्यो । थुप्रै रिपोर्टका अनुसार सन् १९९६ मा सिल्कले आत्महत्या गरिन् । तर उनको मृत्यु कसरी भयो भनेर कुनै ठोस् प्रमाण भने पाउन सकिएन । सन् २०११ मा रिलिज भएको विद्या बालन अभिनित फिल्म ‘डर्टी पिक्चर’ सिल्क स्मिताको जीवनमा आधारित हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण