जित्नेलाई माला लगाउने असल संस्कारलाई प्रोत्साहन गरौंः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा पराजित उम्मेदवारले विजयी हुनेलाई माला लगाउने संस्कारले निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वासनीय भएको सन्देश प्रवाह गरेको बताएका छन् ।
उपनिर्वाचनको सबै मतपरिणाम सार्वजनिक भएपछि कर्मचारीलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उनले भने, ‘चुनावमा पराजित हुने पक्षले गौरवका साथ जित्नेलाई माला गराउने असल संस्कारलाई हामीले प्रोत्साहन र स्थापित गर्नुपर्छ ।’
यस्तो असल संस्कारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष गराउन आयोगलाई थप हौसल्ला र योगदान पुग्ने उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले शून्यजस्तै खर्चमा सञ्चारमाध्यममा प्रचारप्रसार, कम खर्चमा मतदाता शिक्षा र तुलनात्मकरुपमा आचार संहिताको पालना गराउन सफलता मिलेको बताए ।
उनले भने, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुनमा हामीले सामूहिकरुपमा गरेको असल र राम्रो गरौं भन्ने साझा प्रणको प्रतिफल हो ।’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचन गर्नु पर्नेस्थान थोरै भएपनि निर्वाचन सामग्री, जनशक्ति र सुरक्षा व्यवस्थापन गरी निर्वाचनका सबै विधि र प्रक्रिया अपनाएर चुनाव गरिएको बताए ।
विगतका निर्वाचनमा निर्वाचन आचार संहिताको अनुगमन गर्न र पालना गराउन नसकेको, मतदाता शिक्षा प्रभावकारी हुन नसकेको तथा प्रचारप्रसारमा ठूलो धनराशी खर्च भएको आरोप आयोग माथि लगाइँदै आएको थियो ।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको गत शनिबार मुलुकका ३७ जिल्लाका ५२ स्थानमा भएको उपनिर्वाचनको सबै मत परिणाम निर्वाचन आयोगले आज दिउँसो सार्वजनिक गरिसकेको छ ।
निर्वाचनमा पाँच हजार ५४ कर्मचारी, ३१० मतदाता शिक्षा कार्यकर्ता खटाएको थियो । आयोगको परामर्शमा सरकारले गत साउन १६ गते उपनिर्वाचन घोषणा गरेकोमा त्यसको ठिक चार महिनामा आज मङ्सिर १६ गते उपनिर्वाचनको सबै मतपरिणाम घोषणा गर्न आयोग सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
-
राति १० बजेपछि होटल रेष्टुरेन्ट बन्द गराएको भन्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र
-
‘राति मुसा समाउने, बिहान पूजापाठ गर्ने अभिनय राजनीतिमा सुरु भयो’
-
कलाकारलाई प्रधानमन्त्रीकाे प्रश्न : दार्जलिङको रेलमा गीत बनाउनुहुन्छ, जनकपुरको किन नदेखेको ?
-
टर्कीमा हुने रुस–युक्रेनबिचको वार्तामा सहभागी हुने सोचमा छन् ट्रम्प
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी