आँचलको सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते किन ?
काठमाडौं । पछिल्लो समय दर्शकले रुचाएकी अभिनेत्री हुन् आँचल शर्मा । त्यसैले पनि उनी हरहमेशा चर्चामा रहने गर्दछिन् ।
आँचलको चर्चाको विषय कहिले अभिनेता पल शाहसँगको प्रेम, कहिले डा.उदीप श्रेष्ठसँगको बिवाहको चर्चा र कहिले फिल्म अभिनय बन्ने गरेको छ ।
केही अगाडि डा.उदीप श्रेष्ठसँगको बिवाहको हल्लाको कारण चर्चा रहेकी आँचल अहिले फेरि चर्चामा छिन् । यसपटक उनको चर्चाको बिषय फिल्म ‘झिँगेदाउ’ अभिनय भएको छ ।
निर्माण युनिटले हालै आँचलको फिल्म अभिनयको एक तस्बिर सार्वजनिक गरेका छ । तस्बिरमा आँचल गाउँले भूमिकामा देखिएकी छन् ।
उक्त तस्बिरमा आँचलको सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते छ भने उनी रोतो रंगको साडी र गुन्यू चोलीमा समेत देखिएकी छन् । हातमा हँसिया र पिठ्युमा घाँसले भरिएको डोको समेत तस्बिरमा देख्न सकिन्छ ।
आँचलको यो गेटअपले दर्शकमा फिल्म प्रति कौतुहलता जगाएको छ ।
फिल्ममा आफूले विवाहित महिलाको भूमिका निर्वाह गरेको अभिनेत्री आँचलले बताइन् । ‘पहिलो पटक फरक भूमिका पाएकी छु’ आँचलले भेनिन् ‘दर्शकका लागि मेरो भूमिका नौलो स्वाद हुनसक्छ ।’
फिल्ममा उनी फिल्म ‘बुलबुल’ अभिनेता मुकुन्द भुषालको जोडी बनेकी छन् । आँचल र मुकुनदको फिल्ममा गाउँले भुमिका रहेको निर्माण युनिटले जनाएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको ‘झिँगेदाउ’ अहिले भकुन्डेवेसी आसपासका स्थानमा छायाँकन भैरहेको छ । साहित्यकार भीमनिधि तिवारीको कथामा ‘झिँगेदाउ’ बन्न लागेको हो । फिल्मका निर्माता निर्देशक देउजा आर्फै हुन् ।
कपनगढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको फिल्मको गीतमा अर्जुन पोखरेलले संगीत, विष्णु कल्पितको छायााकन रहनेछ ।
निर्देशक देउजाले यसअघि ‘मुना मदन’, ‘रक्षक’, ‘करुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण