महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित
कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघि मालदिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै विजयी भएको थियो । टस जितेर बङ्गलादेशले फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो ।
नेपालका तर्फबाट सोनु खड्काले सर्वाधिक १२ रन र इन्दु वर्माले १० रन जोडे पनि अन्य ब्याट्स वुमनले दोहोरो अङ्क जोड्न सकेनन् । नेपालकी अप्सरा वेगमले पाँच, सिता रानामगरले तीन, ममता चौधरीले एक रन जोडिन भने अन्य खेलाडीले खाता खोल्न सकेनन् ।
नेपालका चार महत्वपूर्ण विकेट रबेया खानले लिएकी थिइन् । त्यस्तै जहनारा आलमले दुई, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान एक÷एक विकेट लिए । एकाउन्न रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशले विना क्षति ७.४ ओभरमै जीत निकाल्यो ।
बङ्गलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए । बाइस बलको सामना गरेकी रहमानले तीन चौकासहित २६ रन हानेकी थिइन् भने २४ बलको सामना गरेकी खातुनले चार चौकासहित २३ रन हानेकी हुन् । चार ओभरमा दुई मेडनसहित आठ रन खर्चेर नेपालका महत्वपूर्ण चार विकेट हत्याउने रबेया प्लेयर अफ दी म्याच घोषित भइन् । आजै श्रीलङ्का र मालदिभ्सबीच अर्को खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण