आठ उम्मेदवारको जमानत जफत
बागलुङ। बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा गत मङ्सिर १४ गते सम्पन्न प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आठ उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रको उपचुनावमा १० उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये मुख्य दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त वाम गठबन्धनका उम्मेदवार खिमबिक्रम शाही र नेपाली काँग्रेसका उम्मेदवार जीत शेरचनबाहेक अरु सबै उम्मेदवारको जमानत जफत भएको हो ।
जमानत जोगाउनका लागि सदर मतको १० प्रतिशत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ । कूल ३५ हजार १८४ मतदाता रहेको यस क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो जसमध्ये २० हजार ९७१ मत सदर भएको छ । उपनिर्वाचनमा ४२५ मत भने बदर भएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए ।
जमानत जफत भएका आठै जनाकोभन्दा बदर मत बढी देखिएको छ । उपनिर्वाचनमा कूल सदर मतको जमानत जोगाउन कम्तीमा दुई हजार ९८ मत ल्याउनुपर्ने थियो । तर आठ उम्मेदवारमध्ये एक जनाले मात्र सय कटाएका छन् । अरु सबै दोहोरो अङ्कमा सीमित भएका छन् ।
राष्ट्रिय दलको मान्यता प्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ । बागलुङ–२ ९ख० मा प्राप्त मतको आधारमा तेस्रो स्थानमा रहेका समाजवादीका उम्मेदवार अशोककुमार विकले जम्मा ३१६ मत प्राप्त गरेका थिए ।
नेकपाबाट बागी उठेर अन्ततः सार्वजनिक वक्तव्यमार्फत उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनलाई जिताउन लाग्नुभएका शेरमान घर्तीले ९५ मत प्राप्त गरेका थिए ।
मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, सङ्घीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिलकुमार राईले आठ, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गरेका थिए ।
जमानत जोगाएका विजयी उम्मेदवार शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत मात्र प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण