पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म काम नगर्ने निर्माण कम्पनी र सप्लायर्स कालो सूचीमा
विभिन्न शक्ति केन्द्रसँगको पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म काम नगर्ने निर्माण कम्पनी तथा ‘सप्लायर्स’लाई कालो सूचीमा राखिएको छ । कामको जिम्मा लिने तर काम नगर्ने विभिन्न निर्माण कम्पनी र सप्लायर्सलाई कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
उनका अनुसार निर्माण कम्पनी श्रीकृष्ण कन्स्ट्रक्सन÷त्याडी निर्माण सेवा (जेभी) र होराइजन निर्माण विल्डर्सलाई कालो सूचीमा सूचीकृत गरिएको हो । यी निर्माण कम्पनीहरूलाई एक वर्षका लागि कालो सूचीमा सूचीकृत गरिएको हो ।
त्यसैगरी, ‘सप्लायर्स’ कम्पनी श्री ऊँ श्री ऊँ इन्टरप्राइजेज र तिवारी मेडिसिन डिस्ट्रिब्युटर्सलाई कालो सूचीमा सूचीकृत गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता कोइरालाले दिए । श्री ऊँ श्री ऊँ इन्टरप्राइजेजलाई एक वर्षका लागि र तिवारी मेडिसिन डिस्ट्रिब्युटर्सलाई दुई वर्षका लागि कालो सूचीमा सूचीकृत गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण