मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु
सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलङ्गवा नवलपुर सडक खण्ड अन्तर्गत मलङ्गवा नगरपालिका–११ गम्हरीयास्थित ना ४३ प ५६९१ नं को मोटरसाइकलले पैदलयात्री मङ्गवा–७ निवासी करीब ५५ वर्षीय धरिक्षण रायलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता प्रतित सिंह राठौरले जानकारी दिए ।
गम्हरीया गङ्गा फ्युल सेन्टर नजिक आज १२ः१५ बजे मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका रायलाई जिल्ला अस्पताल मलङ्गवामा लादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता राठौरले बताए । मोटरसाइकल पछाडि बस्ने लालबन्दी नगरपालिका– १ नवलपुर निवासी २४ वर्र्षीय अबुलेक मिकरानी घाइते भएका छन् ।
ठक्कर दिने मोटरसाइकलका चालक लालबन्दी नपा–१ निवासी २० वर्षीय आशिष मिकरानीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने मृतक रायको शव अहिले परीक्षणका लागि मलङ्गवा अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण