मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु
सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलङ्गवा नवलपुर सडक खण्ड अन्तर्गत मलङ्गवा नगरपालिका–११ गम्हरीयास्थित ना ४३ प ५६९१ नं को मोटरसाइकलले पैदलयात्री मङ्गवा–७ निवासी करीब ५५ वर्षीय धरिक्षण रायलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता प्रतित सिंह राठौरले जानकारी दिए ।
गम्हरीया गङ्गा फ्युल सेन्टर नजिक आज १२ः१५ बजे मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका रायलाई जिल्ला अस्पताल मलङ्गवामा लादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता राठौरले बताए । मोटरसाइकल पछाडि बस्ने लालबन्दी नगरपालिका– १ नवलपुर निवासी २४ वर्र्षीय अबुलेक मिकरानी घाइते भएका छन् ।
ठक्कर दिने मोटरसाइकलका चालक लालबन्दी नपा–१ निवासी २० वर्षीय आशिष मिकरानीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने मृतक रायको शव अहिले परीक्षणका लागि मलङ्गवा अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिल शर्माको ‘द ग्रेट इन्डियन कमेडी शो’ बन्द हुने
-
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
-
पठाओ राइडरको नागरिकता दुरुपयोग गरेर ३ करोड ३७ लाख ठगी
-
बागमतीमा संसदीय समितिका सभापति चयन गर्ने तयारी
-
अलपत्र ‘दलित अधिकार’ विधेयक अघि बढाउने मन्त्री शाहीको प्रतिबद्धता
-
कर्णाली एमालेमा विवाद : अध्यक्ष ओलीसँग शाहको गुहार