सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका-५ चौविसमाईलस्थित सडकमा बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु.१ ज ४२०९ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चालक रैनादेवी छहरा गाउँपालिका-५ बस्ने २६ वर्षीय दिलिप बम्रेल र सह-चालक रैनादेवी छहरा गाउँपालिका-४ बस्ने २५ वर्षीय कृष्ण कार्की रहेका छन् ।
यसैगरी नबलपरासी(पूर्व)को हुप्सेकोट गाउँपालिका-५ पाङरेस्थित सडकमा ना.२८ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय बुद्ध बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बुलिनटार गाउँपालिका-६ बस्ने ५२ वर्षीय रामजी श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ ।
सर्लाहीको मलगंवा नगरपालिका-११ गम्हरियास्थित सडकमा पनि ना.४३ प ५६९१ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा पैदलयात्री गणेशिया बस्ने ६० वर्षीय धरीक्षण रामको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
धनुषा, मिथिला नगरपालिका-२ जनकपुर ढल्केवरस्थित सडकमा ज.१ त ५८८६ नम्बरको ट्याक्टरले बिहीबार बिहान ठक्कर दिँदा पैदलयात्री महोत्तरीका २७ वर्षीया संगिता ठाकुरको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक हाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण