न्यायाधीश नियुक्त प्रक्रियामा बारको ध्यानाकर्षण
काठमाडौं । नेपाल बार एशोसिएशनले न्याय परिषद् र न्यायपालिकाको गरिमा घटाउने गरी न्याय परिषद्का सदस्यलाई न्यायाधीश नियुक्त नगर्न माग गरेको छ ।
बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “न्याय परिषद् र न्यायपालिकाको गरिमा थप घटाउने गरी न्याय परिषद्को सदस्यलाई न्यायाधीश नियुक्त गर्ने गलत पद्धति नबसालियोस् ।”
न्याय परिषद्को सम्मान र मर्यादा कायम राखी जनआस्थामा अभिवृद्धि गर्ने कुरामा परिषद्का सदस्य जिम्मेवार र जवाफदेही हुनुपर्नेमा आफैँ सर्वोच्चको न्यायाधीश बन्न कोसिस गरिराखेकोप्रति बारले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
नेपालको संविधानको धारा १५३ बमोजिम गठित न्यायपरिषद्को काम कर्तव्य र अधिकार संविधान र न्यायापरिषद् ऐन २०७३ बमोजिम हुनुपर्ने र परिषद्का सदस्यले न्यायपालिकाको स्वतन्त्र, स्वच्छता र गरिमा कायम स्वयं जानकारी हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण