बन्दनाले चुमिन् मिसेस नेपाल ग्रान्डको ताज
काठमाडौं – ‘मिसेस नेपाल ग्रान्ड–२०१७’को उपाधि काठमाडौंकी बन्दना बिष्टले जितेकी छिन् ।
१५ स्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै क्राउन चुमेकी हुन् । उनले प्रतियोगीतामा विभिन्न उपहार र मिसेस ट्यालेन्टको उपाधि समेत हात परिन् ।
जमलस्थित नाचघरमा आयोजित सो प्रतियोगिता काठमाडौंकी निशा क्षत्री केसी मिसेस इन्टेलिजेन्ट सहित फस्ट रनरअप भईन् । यस्तै अलिना ध्वजु सुवेदीले मिसेस कन्फिडेन्स सहित सेकेन्ड रनरअप बनिन् । पुजा शिबाकोटी गुरुङले बेस्ट वाक, पर्सनालिटी सहित थर्ड रनरअपको उपाधि हाता परिन् ।
¥याम्प जोन इन्टरट्रेनमेन्ट प्रा.लि.ले आयोजना गरेको प्रतियोगीताको निर्णायकमा अभिनेताहरु रमेश उप्रेती, दिनेश शर्मा, गजित बिस्ट, पत्रकार एवं चलचित्र निर्देशक डब्बु क्षत्री, चिकित्सकद्धय अर्पण शाह र शुशिलजँग शाह थिए ।
महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र उनीहरुलाई घरबाट बाँहिर ल्याएर नेतृत्वमा अघि बढाउन मिसेस नेपाल ग्रान्ड आयोजना गरिएको आयोजक सँस्थाकी प्रबन्ध निर्देशक रमी श्रेष्ठ बज्राचार्यले बताईन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण