पुरुष क्रिकेटमा बंगलादेशले जित्यो स्वर्ण, श्रीलङ्का रजतमै सिमित
काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटतर्फ बंगलादेशले स्वर्ण पदक हासिल गरेको छ ।
उपाधिका लागि श्रीलंकासँग प्रतिश्पर्धा गरेको बंगलादेशले ७ विकेटको जित हासिल गरेको हो । पराजयसँगै श्रीलंका रजत पदकमा सीमित भएको छ । आयोजक नेपालले भने कास्य पदक हासिल गरेको छ ।
सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा १२३ रनको लक्ष्य पाएको बंगलादेशले १९ औं ओभरको पहिलो बलमा जित हासिल गरेको हो ।
बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेपछि श्रीलंकाले सबै विकेट गुमाएर १२२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाका लागि शम्मु अशनले २५ रन बनाए । यस्तै, पथुम निस्सङकाले २२ र निशान फर्नान्डोले १६ रन बनाए ।
बंगलादेशका लागि हसन महमुदले तीन र तनवीर हसनले दुई विकेट लिए । त्यस्तै सुमोन खान र मेहदी हसनले एक–एक विकेट हात पारे ।
१२३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले नजिमुन हुसैन शान्टो, सैफ हसन र सौम्य सरकारको आत्मविश्वासी पारीको मद्दतमा जित हासिल गरेको हो । शान्टोले ३५, हसनले ३३ र सरकारले २७ रन बनाउँदै जितको बलियो आधार निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण