७३ वर्षे वृद्धा कम्मरमा ट्रली बाँधेर बेलायतबाट दौडेरै नेपाल आउँदै, १२ देश पार गरिसकिन्
बेलायतकी ७३ वर्षे वृद्धा रोजी स्वेल पोप बेलायतबाट दौडेरै नेपाल आउँदैछिन् । यसो गरेर उनी च्यारिटीमार्फत् भूकम्प पीडित परिवारलाई मद्दत गर्न चाहन्छिन् । उनी आइतबार इस्तानबुल पुगेकी छिन् । रोजीका अनुसार उनले सन् २०१८ मा ‘रन रोजी रन’ अभियानअन्तर्गत संसारभरी दौडन सुरु गरेकी थिइन् । अहिलेसम्म उनले १२ देश पार गरिसकेकी छिन् ।
रोजीले भनेकी छिन्, ‘म कुन रात कहाँ सुत्छु भनेर मलाई कहिले पनि थाहा हुँदैन । म कहिलेकाँही मैदानमा सुत्छु र कहिले गल्लीमा पनि । बिहान उठ्छु र पुनः दौडन सुरु गर्छु । म ती व्यक्तिहरुलाई भेट्छु जसलाई मैले कहिले पनि भेट्ने छैन ।’
दैनिक २० किलोमिटर दौडन्छिन्ः
रोजीले टर्की हुँदै काठमाडौंको यात्रा गर्न लागेको इन्स्टाग्राममा जानकारी दिएकी छिन् । उनी हरेक दिन २० किलोमिटर दौडन्छिन् र मानिसहरुसँग मद्दत लिन्छिन् । उनी एक ट्रली बाँधेर दौडिन्छिन् जसमा उनलाई आवश्यक पर्ने सामान राखिएका हुन्छन् । रोजी आफूलाई एक सामान्य ज्येष्ठ नागरिकको रुपमा चिनाउँछिन् तर उनले संसारभरी सम्बन्ध स्थापित गर्दै हिँड्छिन् । आफ्नो यात्राका लागि रोजी भन्छिन्, ‘यो जीवनलाई केही बढी दिने तरिका हो । किनभने तपाईं संसारमा आउन र योभन्दा बाहिर जानका लागि प्रतिक्षा गर्न सक्नुहुन्नँ ।’
उनले सन् २००४ मा च्यारिटीका लागि पैसा जुटाउनका लागि संसारभरी दौडिएकी थिइन् । सन् २०१५ मा उनी अमेरिकाभरी दौडिइसकेकी छिन् । उनले १७ फिटको डुङ्गामा यूकेदेखि यूएससम्मको यात्रामा गरेकी थिइन् । उनले आफ्नो दिवंगत श्रीमान् क्लाइवको सम्मानमा न्यूयोर्कबाट सान फ्रान्सिस्कोसम्म दौडिइसकेकी छिन् । क्लाइवको निधन प्रोस्टेट क्यान्सरका कारण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण