विराट, रोहित र लोकेशले जिताए भारतलाई
वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज भारतले जितेको जितेको छ । मुम्बईमा बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारतले वेस्ट इन्डिजलाई ६७ रनले हरायो ।
जितसँगै भारतले सिरिज २–१ ले जित्यो । भारतको जितमा कप्तान विराट कोहलीले विस्फोटक ब्याटिङ गरे । ओपनर रोहित शर्मा र लोकेश राहुलले पनि प्रदर्शन पनि बेजोड रह्यो । भारतले दिएको दुई सय ४१ रनको विजय लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रनमा समेटिएको थियो ।
वेस्ट इन्डिजका लागि केइरन पोलार्डले ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । शिम्रन हिटमेयरले ४१ रन बनाए । बलिङमा भारतका दिपक चाहर, भुवनेश्वर कुमार, मोहमद शामी र कुलदीप यादबले दुई दुई विकेट लिए ।
यसअघि भारतले २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले अविजित ७० रन बनाए । उनले २१ बलमा ५० रन पुरा गरेका थिए । लोकेश राहुलले ९१ र रोहित शर्मा ७१ रन बनाए । वेस्ट इन्डिजका सिल्डन कर्टेल, केस्रिक वालिम्स र कप्तान काइरोन पोलार्डले एक एक विकेट लिए । यसअघि पहिलो खेल भारत ६ विकेटले विजयी भएको थियो । दोस्रो खेल वेस्ट इन्डिजले आठ विकेटले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण