मौसम पूर्वानुमानः भारी हिमपात र हल्का वर्षा
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली हुने जानकारी दिएको छ । बिहिबार विहान एक सूचना जारी गर्दै महाशाखाले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
पूर्वानुमानका अनुसार देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पुर्वी भूभागमा सामान्य बदली हुनेछ ।
पश्चिम भेगका केहि स्थानहरुमा र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।
पश्चिमि उच्च पहाडीसहित हिमाली भू–भागहरुमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ।
यसैगरी आज (बिहीबार) राति देशभरी नै सामान्यदेखि पूर्ण बदली भई पश्चिमी तथा मध्य भेगका धेरै स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, पश्चिमि उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण