आईपीएल : लिलामीका लागि ३ सय ३२ खेलाडीको अन्तिम सूची तयार
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० का लागि खेलाडीहरुको लिलामी १९ डिसेम्बरमा भारतको कोलकातामा हुँदैछ । लिलामीका लागि ३ सय ३२ खेलाडीहरुको अन्तिम सूची तयार भइसकेको छ । लिलामीका लागि ९ सय ७१ खेलाडीहरुले रजिस्ट्रेसन गरेका थिए ।
दुई करोडको शीर्ष आधारभूत मूल्य (बेस प्राइस) मा अस्ट्रेलियाका चारजना खेलाडीहरु रहेका छन् । यसमा ग्लेन म्याक्सवेल र प्याट कमिन्ससहित दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसलाई राखिएको छ । यस बेस प्राइसमा कुनै पनि भारतीय खेलाडी छैनन् । यो समूहमा जोस हेजलवुड (अस्ट्रेलिया), मिचेल मार्स (अस्ट्रेलिया), एन्जेलो म्याथ्युज (श्रीलङ्का) र डेल स्टेन (दक्षिण अफ्रिका) रहेका छन् ।
रोबिन उथप्पा भारतबाट सर्वाधिक बेस प्राइस भएको खेलाडी छन् । उनलाई १.५ करोड बेस प्राइस भएको सूचीमा समावेश गरिएको छ ।
सर्टलिस्ट गरिएका खेलाडीहरुमा २४ नयाँ खेलाडीहरु छन् । उनीहरुको नाम फ्रेन्चाइजीको तर्फबाट प्रस्तावित गरिएको हो । पछिल्लो सिजन ८.४ करोडमा बिकेका तीव्र गतिका बलर जयदेव उनादकट १ करोड बेस प्राइसमा सामेल छन् ।
लिलामी भारतीय खेलाडीहरुमध्ये सबैको नजर रोबिन उथप्पामाथि हुनेछ । सन् २००७ को टी–२० विश्वकप विजेता टोलीका सदस्य रहेका उथप्पाले कयौँ वर्ष कोलकाता नाइटराइडर्समा बिताएका थिए । यस वर्ष फ्रेन्चाइजीले उनलाई रिलिज गरेको थियो । पछिल्लो सिजन पनि उथप्पा लिलामीको प्रक्रियामा थिए । तर, कोलकाताले राइट टू म्याच कार्ड प्रयोग गरेर उनलाई टीमा सामिल गरेको थियो ।
लिलामीमा पहिले ब्याट्सम्यानको बोली लाग्नेछ । त्यसपछि अलराउन्डर, विकेटकिपर–ब्याट्सम्यान, फास्ट बलर र अन्तिम स्पीनरको लिलामी हुनेछ । त्यसपछि क्याप्ड र अनक्याप्ड खेलाडीहरुको लिलामी गरिनेछ ।
कूल ७३ खेलाडीहरुका लागि स्थान खाली छ । यसमा २९ स्थान विदेशी खेलाडीका लागि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण