प्रेस काउन्सिलमा पत्रकारहरुको धर्ना
काठमाडौं । पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिल नेपालमा धर्ना दिएका छन् । पत्रकारहरुले प्रेस काउन्सिल शुद्धीकरण अभियान र पत्रपत्रिका वर्गीकरणमा गरिएको विभेद विरुद्ध आफुहरुले राखेको माग सम्बोधन नभएको भन्दै शुक्रबार धर्ना दिएका हुन् । उनीहरुले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।
धर्ना कार्यक्रममा आन्दोलनरत केन्द्रिय संघर्स समितिका संयोजक दिपक पाण्डेले प्रेस काउन्सिलले वषौंदेखि गर्दै आएको अन्याय र अत्याचारको निर्मुल गर्ने अभियानमा आन्दोलन गर्नुपरेको थियो । उनले काउन्सिलमा आफना मागहरु सहितको ज्ञापनपत्र बुझाउँदा समेत छलफलका लागि नबोलाइएको भन्दै पत्रकारहरुको वर्गिकरण गर्न नहुने बताए । उनले पत्रिका वर्गिकरणको नाउँमा स्रोत र साधनको दोहन गरिएको समेत बताए ।
आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिलले आचारसंहिताको नाउँमा गरेको खर्च पत्रकारहरुको हितमा नभएको आरोप समेत लगाएका छन् । उनीहरुले प्रेस काउन्सिललाई पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्नेगरी वातावरण निर्माण गर्न समेत माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण