एउटाको अपराधको सजाय अर्कोलाई नदिइओस् : जरोकिलो पार्टी
काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले माग गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पदमा पुरुष व्यक्तिलाई निर्वाचित गराउन लागेको भन्ने समाचार सार्वजनिक भइरहेकोमा मौलिक जरोकिलो पार्टी, महिला विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बलात्कारको आरोप लागेर सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेलाई राजिनामा गराउनु भनेको एउटाको अपराधको सजाय अर्कोलाई दिनु जस्तै हो, जुन घोर अन्यायपूर्ण हुने महिला विभाग संयोजक हिराकुमारी लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“अर्कैले गरेको अपराध र एउटै पार्टी तथा लिङ्गका सभामुख र उपसभामुख हुन नपाउने संवैधानिक व्यवस्थाको कारण डा तुम्बाहाम्फेलाई पद छोड्न बाध्य पारिनु राजिनामा नभई ‘जवरजस्तीनामा’ हो”, उजले भिनन् ।
उपसभामुखको कार्यसम्पादनको मुल्याङ्कन गरी तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु न्यायसङ्गत हुने मौलिक जरोकिलो पार्टी, महिला विभागको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण